इरानले गरेको मिसाइल आक्रमणमा ११ जना अमेरिकी सैनिक घाइते

Posted on: 17 Jan, 2020

माघ ३, एजेन्सी | केहि समय अघि अमेरिका र इरानबीचको तनाब चुलिएपछि इरानले सुलेमानिको ह्त्त्याको बदलामा इराक स्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको थियो | उक्त आक्रमणमा परि ११ जना अमेरिकी सेना घाइते भएका छन् | 

इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको अमेरिकी सेनाले जनाएको छ | घाइते ११ जनाको उपचार भइरहेको छ |  अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले बिज्ञप्ति जारि गर्दै घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख  गरेका छन् |

जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेको थियो | जनवरी ८ मा इरानले इराकमा रहेको आफ्नो सैन्य आधार शिविरमा एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको थियो |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन इरानले दर्जनौं मिसाइल आक्मन गरेको जनाएको थियो | इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्त्या गरिएपछि दुई देशबीच निकै तनाब बढेको हो |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दाबी गरेको थियो ।  इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाब बढेको छ | इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!