चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागे:दुर्गा प्रसाई

Posted on: 08 Jan, 2020

पुस २३, काठमाडौँ | चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् | उनले पत्रकार सम्मेलन गरी बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि सञ्चालन गर्नका लागि उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेको बताएका हुन् |

पुस १५ गते होटल द्वारिकाजमा भेटर उपध्यक्ष गिरीले आफुले नेतालाई मोटो रकम बुझाउनु पर्ने भन्दै उनले २० करोड रुयैयाँ मागेको प्रसाईंको भनाइ छ | यता चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने प्रसाईंको आरोपलाई अस्विकार गरेका छन् |

उनले आफुलाई केहि थाहा नभएको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!