कलैया नगरपालिकाको बजेट रु २५ करोड

Posted on: 23 Dec, 2016

पुस ८, बारा । कोल्हभी नगरपालिकाको आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि करिब रु ११ करोड बजेट प्रस्तुत गरिएको छ । 

नगरपालिकाका कार्यकारी अधिकृत महम्द शेष मनकाले आज आयोजित कार्यक्रममा सो बराबरको बजेट सार्वजनिक गर्नुभयो । 

परिषद्को सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले उद्घाटन गर्दै स्थानीय स्रोत साधनको अधिकतम प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । 

यसैगरी आजै राज्यमन्त्री जगेबुले कलैया नगरपालिकाको नगरपरिषद्को उद्घाटन गर्दै नगरको विकासमा नगरवासीको सहयोग हुन जरुरी रहेको बताउनुभयो । 

सो अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत नाथु साहले आर्थिक वर्ष ०७४/७५ का लागि रु २५ करोड २३ लाख ९५ हजारको बजेट प्रस्तुत गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!