सिद्धार्थ राजमार्गको स्तरोन्नतिमा जोड

Posted on: 03 Jan, 2017

पुस १९, वालिङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पर्यटकीय सहर पोखरा र व्यापारिक केन्द्र भैरहवालाई जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गरिने बताउनुभएको छ । 

स्याङ्जा जिल्लाको भौतिक विकास निर्माणका विषयमा जिल्ला सदरमुकाममा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री लेखकले भन्नुभयो, “दुई लेनको सडकलाई विस्तार गरी अब चार लेनको बनाउनेमा सरकार अगाडि बढ्दै छ ।” 

मन्त्री लेखकले जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरिने जानकारी पनि दिनुभयो । मन्त्री लेखकले सदरमुकामस्थित आँधीखोलामा निर्माण गरिएको पक्की पुलको पनि आजै शिलान्यास गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!