कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवन हस्तान्तरण

Posted on: 24 Jan, 2017

प्रज्वल पाैडेल । माघ ११, रामेछाप । रामेछापकाे सैपू गाविसस्थित कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवनकाे साेमबार एक कार्यक्रमका बिच हस्तान्तरण भएकाे छ । करूणासेचेन युराेपकाे अार्थिक एवंम् स्तुपा एण्ड डेभलपमेन्टकाे प्राविधिक सहयाेगमा निर्मित साे भवनकाे चाबी संस्थाका प्रतिनिधि विरेन्द्र सिंहले विद्यालयका प्रधानाध्यापक खेमबहादुर पाैडेललाई हस्तान्तरण गर्नुभएकाे हाे । कार्यक्रममा सम्बाेधन गर्दै जिल्ला शिक्षा कार्यालय रामेछापका विनि मुकुन्द केशरी पाेख्रेलले भुकम्पबाट क्षतिग्रस्त सबै विद्यालय मर्मत, पूनर्निमाण गर्न सरकारले नसक्ने भएकाले विभिन्न गैह्रसरकारी संस्थालाई साझेदारीकाे रूपमा अगाडि बढाएकाे बताउनुभयाे । भवन निर्माण सम्पन्न गरेकाेमा संस्थालाई धन्यवाद दिदै उहाँले विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयाे ।

यस्तै करूणासेचनका प्रतिनिधि  वीरेन्द्र सिंहले भुकम्पबाट प्रभावित 

१२ वटा जिल्लाका १२ वटा गाविसमा निर्माण कार्य सुरू गरेकाे जानकारी दिनुभयाे । सैपुमा ८ काेठे भवन र शाैचालय अहिले निर्माण सम्पन्न गरेपनि विद्यालयलाई निरन्तररूपमा अावश्यकता अनुसार सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

यस्तै कार्यक्रममा बाेल्दै सैपुका समाजसेवी केशरबहादुर पाैडेलले ७२ हजार ५ सय ५ र कुभुँकास्थलीका जीतबहादुर कटुवालले ५१ हजार ५ सय ५ रूपैयाँ सहयाेग गरेकाे घाेषणा गर्नुभयाे ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयकाे शैक्षिक सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राउतकाे सभाध्यक्ष भएको साे कार्यक्रममा विद्यालयलाई अार्थिक एवम् भाैतिक सहयाेग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!