शैक्षिक विकासमा सेनाको सहयोग

Posted on: 27 Feb, 2017

पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । सेना दिवसको अवसर पारेर शम्शेरदल गणले सदरमुकाम स्थित बालमन्दिर प्राथमिक विद्यालयलाई सहयोग गरेको छ । सदरमुकाम बजारभित्रै रहेर पछि छाँयामा परेको विद्यालयको भौतिक पुर्वाधार निर्माण र शैक्षिक सामाग्री उपलब्ध गराएर सहयोग गरेको हो । ‘वत्ती मुनिको अँध्यारो भनेजस्तो रहेर यो विद्यालय,सबैको नजरमा पर्ने तर पछि परेको,त्यसैले हामीले केहि सहयोग गरेका हौँ’शम्शेरदलका गणपती सञ्जीत श्रेष्ठले भन्नुभयो ‘केहि पुर्वाधार निर्माण र विद्यालयलाई खेलकुद र विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल लगाएतको उपस्थितीमा विहिबार एक कार्यक्रमका बिच गणले विद्यालयलाई सहयोग हस्तान्तरण गरेको थियो ।


सेनाले विद्यालयको पुरानो भवन मर्मत तथा रंगरोगन गरेको छ भने गेट निर्माण लगाएतका काम गरेको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखन्डता र सार्वभौमसत्ता रक्षाका लागि इतिहासका विभिन्न कालखन्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । ओखलढुंगामा पनि गणले समय समयमा विभिन्न सामाजिक काम गर्दै आएको छ । 

सेना दिवस मनाईयो

नेपाली सेनाले शुक्रबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ । सोहि अनुरुप ओखलढुंगामा रहेको शम्शेरदल गणले पनि विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस बनाएको हो । 

सेना दिवसका अवसरमा गण परिषरमा शुक्रबार साँस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल प्रदर्शन गरिएको थियो । कार्यक्रममा निमीक्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल,सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावली,स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्री,सुरक्षा निकायका प्रमुख,पत्रकार लगाएतका सरोकारवालाहरु सहभागी हुनुहन्थ्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!