पहिरोले खानेपानी योजना बगायो

Posted on: 22 Jul, 2017

सम्झना श्रेष्ठ । साउन ७, रामेछाप । रामेछापको खिम्तिमा पहिरोले खानेपानी आयोजना बगाएको छ । खिम्तीमा असार ३१ गते अविरल वर्षसँगै साविक खिम्ती वडा नं

९ मा रहेको छित्तकुण्ड महादेवको मन्दिर तल बाट झरेको पहिरो र ठाडे खोलाले साविक खिम्ती गाविस वडा नं. ८ मा लाम्पाते खानेपानी योजना अन्तरगतको पाँच करोड १८ लाखको लिफ्ट खानेपानी योजनाको निर्माणाधीन मुख्य ट्यांकीसमेत बगाएको छ । 

पहिलो चरण अन्तर्गत १८ लाखको टेण्डरमा निर्माण हुँदै गरेको खानेपानीको ट्याङकी ठाडे खोला हुँदै वगेको बाढी पहिरोले वगाएपछि पाँचसय घर खानेपानी उपभोक्ता मारमा परेका हुन् । यो योजनाबाट साविक खिम्ती गाविस वडा नं. ६, ७ र ८ का उपभोक्ता लाभान्वित हुने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!