केसीकाे नेतृत्वमा पर्यटन सहकारी संस्थाकाे नयाँ कार्यसमिति चयन

Posted on: 15 Nov, 2017

 प्रज्वल पाैडेल/कात्तिक २९, रामेछाप । पर्यटन व्यवसायी सहकारी संस्थाकाे अध्यक्षमा कृष्णहरि केसी निर्वाचित भएका छन् ।

रामेछाप जिल्लाकाे खाँडोदवी–६ मा रहेको सहकारीको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनले केसीकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तेजबहादुर बोहोरा, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी र सचिवमा रमेश केसी निर्वाचित भएका हुन् ।


त्यसैगरी सदस्यहरुमा ध्यानबहादुर तामाङ, खड्गबहादुर कार्की, गोपाल नेपाली र अम्बिका कार्की लगाएत निर्वाचित भएका छन् । त्यसैगरी श्यामकृष्ण श्रेष्ठले संयाेजकत्वमा लेखा समितिमा गठन भएकाे छ । समितिकाे सदस्यमा अरुण पाैडेल र रमा घिसिङ रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रामेछाप जिल्ला समन्वय समितिका सभापति प्रेमबहादुर खड्का र विशेष अतिथिमा खाँडादेवी गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङ रहेका थिए । कार्यक्रममा सफल उद्यमि व्यवसायीहरुका साथै, शेयर सदस्य, अाम जनसमुदायहरुकाे वाक्लाे उपस्थिति रहेकाे थियाे ।


नवनिर्वाचित अध्यक्ष केसीले संस्थाले ग्रामीण क्षेत्रका नागरिकको हितमा विभिन्न सेवामूलक कार्यक्रम समेत गर्दै अाएकाे जानकारी दिनुभयाे । उहाँले पर्यटन सहकारी संस्थाले ग्रामीण क्षेत्रकाे नागरिककाे जीवनस्तर उकास्न र एकताबद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयाे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!