विगुल सहकारीको साधारण सभा सम्पन्न

Posted on: 06 Jan, 2018

माधव बेल्वासे/पुस २२, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मदवामा रहेको विगुल वचत तथा ऋण सहकारी सस्थाको छैठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा २ करोड ५३ लाख २७ हजार ३ हजार ४ बरावरको आयव्याय सार्वजनिक गरिएको छ ।त्यस्तै सस्थालाई ४ लाख ६७ हजार ६ सय ७० नाफा भएको सस्थाका कोषाध्यक्ष ज्ञान वहनदुर जिसीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


२०६९ सालमा स्थापना भएको सहकारीले छोटो समयमा उपलब्धी गर्न सफल भएको सफल सहकारी वनेको शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले वताए ।गरिवी परिवारलाई पनि सहभागी गराउने खालमा वातावरण सिर्जना गरेकोमा सस्थालाई धन्यावाद दिए । 

अधक्ष्य सापकोटाले सहकारीले अवका दिनमा सिपमुलक तालिमहरु सिर्जना गरि किसानहरुलाई मजवुत  वनाउनुपर्ने धारण व्यक्त गरे ।सहकारीको विकाशको लागी लागी आफुले सक्दो सहयोग गर्ने आश्वासन दिए । 

सहकारीका अध्यक्ष भिम प्रसाद खनालले वार्षिक प्रतिवेदन र योजनाहरु प्रस्तुत गरेका थिए ।सस्थाले यस आर्थिक वर्षमा १४  जना महिला र ४ जना पुरुष गरी १८ जना शेयर सदस्य थप गरी २ सय ६८ जना शेयर सदस्या पुर्याएको अध्यक्ष खनालले वताए ।

भेला वाट सस्थाको स्थापना देखी नै मासीक वचत गर्दै आएको ५ सय लाई वृद्धी गरी २०७४ माघ देखी मासीक १ हजार उठाउने प्रस्तावलाई पारित गरेको छ ।

विगुल वचत तथा ऋण सहकारीका अध्यक्ष भिम प्रसाद खनालको अध्यक्षता समाजसेवी तथा वुद्धीजिवी जित वहादुर रावतको प्रमुख आतिथ्यता,वडा अध्यक्ष टेकलाल सापकोटा लगाएको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!