दाङ घोरहीबाट रोल्पा–रुकुमहुँदै सिधै डोल्पासम्म सहिद मार्ग

Posted on: 06 Jan, 2018

पुस २२, रोल्पा । दाङको घोराहीबाट रोल्पाको मध्यभाग हुँदै रुकुम र कर्णालीको डोल्पा जोड्ने सहिद मार्गबाट पश्चिम रोल्पाबासीले प्रत्यक्ष लाभ लिएका छन् ।

सशस्त्र द्वन्द्वका बेला रोल्पा–रुकुममा प्रायस् ठप्प भएको विकासलाई सुचारु गर्न र विकास गाउँसम्म पुर्योउने उद्देश्यसहित शान्ति प्रक्रियापछि सहिद मार्ग आयोजनाको अवधारणा अघि सारिएको थियो ।

सडक निर्माण गर्न ८ वर्षदेखि बर्सेनि करिब ८ करोडका दरले सरकारले बजेट खर्चिसकेको छ । सहिद मार्गले पूर्व–पश्चिम राजमार्गको दाङ खण्डदेखि मध्यपहाडी मार्गको रुकुम खण्डलाई जोड्छ ।


दाङको घोराही, रोल्पाको होलेरी, तिला, घर्तीगाउँ, हुँदै रुकुम सम्म पुग्ने र अन्तीममा कर्णालीको डोल्पा सम्म पु¥याउने लक्ष्य रहेको छ । निर्माण गरिएको सहिदमार्ग सडक आयोजनाले धेरैजसो रोल्पालीको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ ।

सहिद मार्गका कारण रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित भएका छन् ।

सडक सञ्चालनमा आएपछि अन्नबाली, तरकारी र पशुपन्छी किनबेच गर्न सहज भएको स्थानीयले बताएका छन् । करिब एक अर्ब लगानी भइसकेको सहिदमार्गको कालेपत्रे र स्तरोन्नति गर्नतर्फ सम्बन्धित निकायले गरेको ढिलासुस्तीप्रति स्थानीय असन्तुष्ट बनेका छन् ।

दाङको घोराही, रोल्पाको थवाङ हुँदै रुकुमको मुसीकोट जोड्ने सहिद मार्ग सडक योजनाको दूरी करीब २ सय किलोमिटरको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!