रोल्पाका २०५ सामुदायिक बनको खाता रोक्का

Posted on: 24 Jan, 2018

मनिषा राई | माघ १०, रोल्पा | रोल्पाका २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का भएको छ । सामुदायिक बन विकासको प्रावधान अनुसार काम गर्न नसकेको भन्दै जिल्ला बन कार्यालय रोल्पाले २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का गरेको हो ।

नेपाल बैंक लिमिटेडमा खाता रहेका २ सय ५ सामुदायिक बनको खाता रोक्का भएपछि बन समुहले गर्ने बन विकास, गरिबीमुखी कार्यक्रम र सामुदायिक विकासका सबै गतिविधि अवरुद्ध भएका छन् ।

बन विकास मार्गदर्शन अनुसार सामुदायिक बन उपभोक्ता समुहले वार्षिक आम्दानीको कम्तिमा २५ प्रतिशत, गरिबीमुखी कार्यक्रममा ३५ प्रतिशत र बचेको रकम सामुदायिक बन विकासमा खर्च गर्नुपर्ने भएपनि त्यसो नभएकोले खाता रोक्का गर्नुपरेको जिल्ला बन अधिकृत भिम कालिकोटेले बताउनुभयो ।

सामुदायिक बनको सुशासन कायम गर्न र बनका पदाधिकारीलाई जिम्मेवार बनाउन खाता रोक्का गरेको उहाँले बताउनुभयो । तर मार्गदर्शन अनुसार काम नगर्ने सामुदायिक बनलाई कानुनी दायरामा ल्याउने विभिन्न तरिका भएपनि खाता रोक्का गरिने कार्य राम्रो नभएको समुदायिक बन उपभोक्ता महाँसघ रोल्पाका अध्यक्ष निमकुमारी सिंहले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!