प्रथम बुद्धभूमी महोत्सव कपिलवस्तुमा सुरु

Posted on: 26 Jan, 2018

माधव बेल्वासे/माघ १२, कपिलवस्तु । कपिलवस्तु बुद्धभूमी नगरपालिका इमिलियामा प्रथम वुद्धभुमी महोत्सव शुक्रवार देखी सुरु भएको छ । 

महोत्सवको उदघाटन गर्दै कपिलवस्तु प्रतिनिधि सभा १ का सांसद चक्रपाणि खनाल बलदेवले कपिलवस्तु जिल्ला एक एतिहासिक र पर्यटकीय क्षेत्र रहेको वताए ।


गौतम वुद्धको जनस्थल रहेको जिल्लामा रहेका पर्यटकीय स्थलहरु को प्रचार प्रसार नहुदा आझेलमा परेको वताए । जिल्लामा खेती योग्य जमीन धेरै भएपनि सिचाईको अभावले कृषकहरु मर्कामा परेको वताए । 

जिल्लाका सम्पुर्ण समस्याहरुलाई आफुले नजिकवाटै हेरेको र आफले चुनावको वेला गरेका प्रतिवद्धता जसरी भएपनि पुरा गर्ने प्रतिवद्धता जनाए । पछिल्लो समयमा मेला महोत्सवले पनि स्थानिय कृषि उपज,व्यापार व्यावसाय मा विकाश, पर्यटकीय स्थलको प्रवद्धन गरिरहेको सन्दर्भमा कपिलवस्तुको वुद्धभुमी स्थानमा पहिलो पटक महोत्सव लगाउने जर्मक गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

सांसद बलदेवले कपिलवस्तु जिल्लाको विकाशको लागी आफुले नया योजना ल्याउने तयारीमा रहेको वताए ।जिल्लाका सम्पुर्ण स्थानमा स्थलगत अनुगमन गरेकोले कहा के आवश्यता छ त्यहिअनुरुप विकाशको गतीलाई तिव्रता दिने जिल्ला वासीलाई आश्वासन दिए ।

त्यस्तै कार्यक्रममा वोल्दै वुद्धभूमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि महोत्सव गरेको वताए । लामो समय देखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको जनआर्दश सामाजिक केन्द्रले यसको अगुवाई गरेकोमा धन्यवाद दिए ।

मेयर श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव ले टेवा पुर्याउने वताए ।

महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिएको छ । 

महोत्सवमा १ सय ५० स्टल रहने छन् भने रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल तथा  राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव माघ २१ गते सम्म चल्ने छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!