कपिलवस्तुमा सवारी कारवाहीबाट ६३ लाख ४२ हजारबढी राजश्व संकलन

Posted on: 07 Feb, 2018

आभास पौडेल/माघ २४, कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष २०७४/७५ को साउनदेखि पुस महिनासम्म सवारी कारवाहीबाट ६३ लाख ४२ हजार ५ सय राजश्व उठाएको छ । 

ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका १० हजार ७सय ५१ सवारी कारबाहीमा परेका जस मध्य १ हजार ७ सय ३ वटा भारतीय सवारी साधन रहेको प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो ।

सवारी नियमप्रति लापरवाही गर्ने सवारी, सवारी चालक तथा सहचालकहरुलाई चेकिङ स्थलमै ट्राफिक नियम सम्बन्धी चेतना मूलक प्रशिक्षण दिई नियमानुसारको जरिवाना गरी छाड्ने गरिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!