दैलेखलाई हाइड्रोहव बनाउने प्रतिबद्धता

Posted on: 09 Feb, 2018

माघ २६, दैलेख । दैलेख जिल्लालाई हाइड्रो हवको रुपमाविकास गर्ने उद्योगी, व्यापारिहरुले घोषणा गरेका छन् ।

‘उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मुलआधार’भन्ने मुल नारा सहित उद्योग वाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभातथा आठौ अधिवेशनको उद्घाटन कार्यक्रममा उद्योगी, व्यापारिहरुले यस्तो घोषणा गरेका हुन् ।

दैलेखसंगै छिमेकी जिल्ला सुर्खेतका उद्योगी व्यापारीहरुले राष्ट्रकै महत्व बोकेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै, नौमुले, डुंगेश्वर गाउँपालिकामा रहेका लघु जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताउदै यस बाहेकका विभिन्न खोलाहरुमा लघु जलविद्युत आयोजनाहरु संचालनगरि जिल्लालाई हाइड्रो हवको रुपमा विकास गर्ने बताएका हुन् ।

जल विद्युतबाहेक पेट्रोलियम, तामा, काइनेटिक जस्ता खनिजपदार्थहरु पाईने सम्भावनाहरुलाई खोजीगरि अनुसन्धान र उत्खननतर्फ अघि बढ्ने उद्योगी, व्यापारिहरुले घोषणा गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!