छत्रदेव गाउपालिकालाई पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने

Posted on: 17 Mar, 2018

चैत्र ३, अर्घाखाँची | छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने बताएका छन । 

छत्रदेव ७ भगवती माेडेलचाैरमा मल्टी प्लायर हर्डमा प्रजननकाे लागि वाेयर बाेका हस्तान्तरण कार्यक्रममा अध्यक्ष पाेख्रेलले गरिव, एकल महिलालाई लक्षीत गरेर बाख्रा वितरण गर्ने तयारी गाउँपालिकाले गरेकाे बताए । केयुविकेकाे अनुदानमा भगवती माेडेलचाैरमा उन्नत जातका बाेका वितरणमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लाेकनाथ पाैडेलले जिल्लाले पशुपालनमा एक वर्षमा धेरै फड्को मारेकाे बताउँदै जिल्लालाई बाेयर मय बनाउने तथा किसानहरूलाई व्यवसायीक रूपमा अगाडि बढाउँन पशु सेवा कार्यालयले सहकार्य गरिरहने बताए । छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, वडा अध्यक्षहरू शाेभाखर पाण्डे र बालकृष्ण श्रेष्ठले उन्नत बाेकाबाट राम्रो अाम्दानी गर्न अाग्रह गर्दै किसानकाे उन्नतिका लागि सहयाेग गर्ने बताए । 

केयुविकेका पशु विकास अधिकृत महेन्द्र भण्डारीले जिल्लालाई बाेयर बाेकामय बनाउँनका लागि मल्टिपलायर अगाडि बढाउने बताउँदै किसानलाई सहयाेग गर्न पछि नपर्ने विश्वास दिलाए । बाेका वितरणमा छत्रदेव गाउँपालिका पशु शाखा प्रमुख नारायण खनाल, अर्घाताेष पशु सेवा केन्द्रका उमानाथ पन्थी, पत्रकार घनश्याम पाैडेलले उन्नत जातकाे बाेकाबाट  राम्रो बाेका उत्पादन गरि देशभर भगवतीमा उत्पादन भएकाे बाेका भनी चिनाउँन शुभकामना दिए । जिल्लाकाे सन्धिखर्क नगरपालिका डिभर्नामा उत्पादन भएकाे ५० प्रतिशत १७ वटा केयुविकेकाे अार्थिक सहयाेगमा क्रस बाेका वितरण गरिएकाे हाे । वितरण कार्यक्रम कृष्ण भुसालकाे अध्यक्षता, प्रकाशमणि घिमिरेकाे सञ्चालन र कृष्ण भुसालकाे स्वागतमा सम्पन्न भएकाे हाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!