रोल्पाको त्रीवेनी गाउँपालिकाको वडा नम्बर ४ को पोखरी टोलमा पनि अब बिजुली बल्ने..

Posted on: 11 Apr, 2018

रोल्पा २८ चैत्र | बिगतमा निकै मोफसलमा पिछडिएर रहेको रोल्पा जिल्ला अहिले बिस्तारै बिकासको बाटो तिर पनि लम्किरहेको छ। अहिले सबै भेग तिर मोटर बाटो पुगि सकेको छ भने नपुगेको ठाउँ तिर पनि प्रत्यक बर्ष आउने बजेट छुट्याउदै ट्र्याक खोल्ने कार्य भैरहेको छ । 

गाउँ गाउमा मोटर बाट पुगे सङ्गै त्रीवेणी गाउँपालिका अन्तर्गत वडा नम्बर ४ मा पर्ने पोखरी टोलमा पनि अब मोटर बाटो सङ्गै बिजुलि बत्ति पनि बल्ने भएको छ। यो भन्दा पहिले त्यहाका स्थानीय बासिन्दाहरुले टुकी र सौर्य उर्जा मार्फत उज्यालो बाल्ने गरेका थिए ।

विद्युत लाइन बिस्तार सम्बन्धी जिल्ला विद्युत प्राधिकरण रोल्पाबाट बितरित १६ ओटा पोल मध्य ६ ओटा पोल ४ नम्बर वडाको पोखरी टोलमा वितरण भएको थियो। अरु १० गोटा पोल बुढागाउँ बासथाना चुम गैरा बिस्तार भएको छ। बाकी अन्य गाउँ टोलका लागी गाउँपालिका बाट बिस्तार हुनको लागि २० लाखको बजेटको समिती चयन भएर बिजुली पोल खरिदको कार्य पनि भैरहेको छ ।


माओवादी केन्द्र बाट ०७४ को चुनावमा उक्त वडाका प्रेमबहादुर बुढामगर 'एटम' भारी मतका साथ गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भए सङ्गै माओवादी केन्द्रकै अर्का नेता भक्तबहादुर घर्ती नविन र स्थानीय सबैको पहलमा बिजुली आउन लागेको हो। बिजुलीको लागि अहिले पोखरी टोलमा सबै घरहरुमा वाइरिङ कार्य पनि सम्पन्न भैसकेको छ। अबको केही महिना भित्र नै उक्त गाउँमा बिजुली बल्ने प्राविधिकहरुले बताएका छन् । - नवराज बुढाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!