रुकुमको काँक्रेबाट बुर्तिवाङ-बागलुङ हुँदै सिधा काठमाडौ डिलक्स बस सेवा सञ्चालन

Posted on: 20 Apr, 2018

बिमल खड्का/बैशाख ७ बुर्तिवाङ। बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी संघ र सिस्ने हिमाल वस तथा मिनि वस यातायात व्यवसायी समितिको संयुक्त व्यवस्थापनमा वैशाख ५ गते बाट पुर्वी रुकुमको काँक्रेदेखि बुर्तिबाङ , बागलुङ हुदै काठमाण्डौ सिधा डिलक्स वस सेवा सञ्चालन भएको छ । 


बुर्तिबाङ हुदै बस संचालन भएपछि पुर्वी रुकुमका जनतालाई दाङ हुँदै यात्रा गर्ने नपर्ने भएको छ ।

दाङबाट जादा धेरै समय लाग्ने स्थानीयको भनाइ रहेको छ ।

बस सेवाको संचालन  कार्यक्रममा पुर्वी रुकुम जिल्लाका  भुमे गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष नरबहादुर बुढाले रिबन काटेर  उद्घाटन गरेका हुन् । 

समितिले रुकुमदेखि काठमाडौ सम्मको भाडादर प्रति यात्रु १ हजार ९ सय तोकेको छ ।

बस रुकुमको काँक्रेबाट विहान ११ वजे र काठमाण्डौबाट दिनको ४.३० वजे छुटने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!