फिदिम १० ले उपलिब्धमूलक प्रभावकारी र ठोस काम देखिने गरी योजना ल्याउने तयारी गर्दे

Posted on: 26 May, 2018

जितेन्द्र भण्डारी | जेठ १२, पाँचथर | पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० को दोस्रो वडा परिषद शनिबार बाट खलंगटारमा शुरु भएको छ । 

परिषदको उद्घाटन कार्यक्रममा वोल्दै नेपाली काग्रेसका नेता तथा निर्वाचित पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले अन्य वडाभन्दा विकाश र समृद्धिमा यस वडालाई नमूना वडा बनाउने किसिमबाट योजना छनौट गर्न वडाअध्यक्ष लगायत समग्र वडापालिकालाई आग्रह गर्नुभयो ।

संघिय संरचना अनुरुप आर्थिक वर्ष ०७४÷०७५ को योजनाहरु पहिलो पटक छनौट गरिएको र धेरै विषयहरु छुटेपनि अव यस वर्षको बजेटमा भने पर्यटन,कृषि,शिक्षा,स्वास्थ्य,सडक,खानेपानी लगायत भौतिक पूर्वाधार र मानवीय विकाशका कार्यक्रमहरु ल्याउन वडापालिकालाई सुझाव दिनुभयो ।

त्यसैगरी कार्यक्रममा वोल्दै वडाअध्यक्ष बिना थाम्सुहाङले यस वर्षको बजेटमा उपलिब्धमूलक र प्रभावकारी हुने किसिमबाट योजनाहरु छनौट गर्ने तयारी थालिएको बताउनुभयो ।

नागरिकका असिमित योजनाहरु रहेको तर सीमीत बजेट भएको हुँदा एकैपल्ट सवै योजनाहरु संचालन गर्न नसकिने उहाँको भनाई छ । ती योजनाहरुलाई क्रमश पूरा गर्दे लैजाने उहाँले बताउनुभयो ।

समाजसेवी तथा पूर्वप्रधान पंच हस्तराज थाम्सुहाङले अहिले योजना तर्जुमा गर्दा परिणाम आउने किसिमका योजना छनौट गर्न वडाका जनप्रतिनिधीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा वोल्दै समाजसेवी याङनाम बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष शिव थाम्सुहाङले अब आउने योजनाहरुमा भौतिक पूर्वाधार र मानवीय विकाशका कार्यक्रम ल्याउन वडाका जनप्रतिनिधीलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै खलंगटार माविका सहप्राचार्य रोशन जवेगुले अहिलेको वडा परिषदबाट शैक्षिक क्षेत्रलाई पनि टेवा पुग्ने किसिमका कार्यक्रमहरु ल्याउन सुझाव दिनुभयो । कार्यक्रममा नेपाली काग्रेसका नेता लोकेन्द्र जवेगु, नेकपा माओवादी केन्द्रका मणि थाम्सुहाङ,इगल एफ.एममका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी,स्रोत ब्यक्ति श्याम जवेगु,शिक्षक हेम जवेगु,वडासदस्यहरु लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सामाजिक परिचालक विनय रम्तेलले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!