सिटिजन्स बैंकको एकै दिन चार शाखा थपिए

Posted on: 15 Jul, 2018

असार ३१,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनले एक साथ चार जिल्लामा शाखा स्थापना गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्युठानको झिमरुक, पूर्वी रुकमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा सञ्चालन गरेको जानकारी बैंकले दिइएको छ ।

सरकारको वित्तीय पहुँच तथा समावेशीताको वृद्धिका लागि औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि सबै नेपालीको बैंक खाता नीतिलाई मूर्तरुप दिन ती शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।

 यसअघि चालू आवमा १४ वटम ग्रामीण स्थानमा शाखा स्थापना गरिसकेको बैंकले जनाएको छ । बैंकले छिट्टै कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा नयाँ शाखा खोल्ने गरी निर्णय गरेको छ । बैंकको हाल ७८वटा शाखा ७० एटीएम र ९९वटछा शाखारहित बैकिङ इकाई रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!