स्वास्थ्य कार्यालयको अछाममा एक कार्यक्रमका बिच उदघाट्न

Posted on: 17 Dec, 2018

कमल रावल | पुष २, अछाम । सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालयको अछाममा एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । अछाम र बाजुरामा स्वास्थ्य कार्यालयको डिभिजन कार्यालय रहने गरि स्थापना भएको कार्यालयको सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सुवेदिले उदघाट्न गर्नु भएको हो । 

कार्यालय उदघाटन गर्दै मन्त्रि सुवेदिले स्वास्थ्यकर्मि र स्वयमसेविकाका समस्या प्रति प्रदेश सरकार लागि परेको बताउनु भयो । आगामि दिनमा जिल्लामा कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा लगाएतका सामाजिक अभियान सफल पार्न सबै एकजुट भएर अघि बढनु पर्ने बताउनु भयो । उदघाटन कार्यक्रममा प्रदेश सभा सदस्य हर्क बहादुर कुवर गोविन्द, बल बहादुर सोडारि, सुदुरपश्चिम सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो । 


स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन परिवार नियोजन सुपरभाईजर भ्वानसिह कुवरले गर्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!