कपिलवस्तुको ग्रामिण वस्तीमा पुग्यो वेष्टन डेभलपमेन्ट बैक

Posted on: 13 Jun, 2019

माधव बेल्वासे | जेठ ३०, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ वहादुरगंजमा वेष्टन डेभलपमेन्ट बैंकले आफ्नो सेवा विस्तार गरेको छ । ग्रामिण वस्ती रहेको वहादुरगंजका स्थानीयहरु बैंक आएपछी खुसी भएका छन ।

जिल्लाको दक्षिण पश्चिम तथा सिमा क्षेत्रमा पर्ने यस क्षेत्रमा वैक नहुदा स्थानीयहरुलाई सास्ती भएको थियो । स्थानीय निक्षेपकर्ता,व्यवसायि,उद्यमीहरुलाइ सरल सुलभ तथा सुरक्षीत वैकिङ्ग सेवा प्रदान गरेकोले बैक लोकप्रिय बनेको छ ।

बैंकले यस क्षेत्रका ग्राहकहरुलाई सहज वित्तिय पहुच,निक्षेपकर्ता,स्थानिय व्यवासायी,उद्यामी,औद्योगिक तथा व्यावसायिक संघ सस्था सग समन्वय गरी आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमीका खेल्ने वैक प्रशासनले जनाएको छ । 


अहिले सम्म कुनै पनि वैक नभएको हुदाँ यस क्षेत्रका वासिन्दाहरु वैकिङ्ग कारोवारको लागी कृष्णनगर तथा चन्द्रौटा जान वाध्य रहेका थिए । वैक आउनु यस क्षेत्रको विकास रहेको स्थानिय अगुवाहरुको भनाई रहेको छ । वैकले सहज रुपमा सेवा दिन समेत स्थानियहरु माग गरेका छन ।

वुधवारवाट संचालन गरेको उक्त वैकको कारोवारलाई यस क्षेत्रमा रहेको उद्योगीहरुलाई सहज हुने विश्वास लिइएको छ । वैकको १७ औ साखाको रुपमा वहादुरगंज रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!