६ महानगर: कुनमा कति बजेट ?

Posted on: 25 Jun, 2019

असार १०, काठमाडौँ | मंगलबार देशभरीका बिभिन्न स्थानीय तहका बजेट सार्वजनिक भएको छ । यसै क्रममा बिभिन्न ६ महानगरपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सार्वजनिक बजेट अनुसार क्रमश बढीबाट कमतर्फ काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर, वीरगंज र भरतपुरको बजेट सार्वजनिक भएको हो । 

सार्वजनिक बजेट अनुसार काठमाडौँको सबैभन्दा बढी १५ अर्व ५० करोड ७० लाख, दोश्रोमा पोखराले ७ अर्व ५४ लाख, तेश्रो नम्बरमा ललितपुर महानगरपालिकाले ५ अर्व १७ करोड ९६ लाख र चौथो नम्बरमा विराटनगरले ५ अर्व १२ करोड ३० लाखको बजेट सार्वजनिक गरेको छ ।  त्यस्तै पाँचौं नम्बरमा वीरगंजले ४ अर्व ४८ करोड १३ लाख र अन्तिममा भरतपुरले ३ अर्व ३७ करोड ३१ लाखको बजेट सार्वजनिक गरेको छ  । 

मातिका मध्ये वीरगन्ज महानगरपालिकाले सोमबार नै सार्वजनिक गरेको थियो । बाँकी ५ महानगरपालिकाले मंगलबार आ–आफ्नो नगरसभामा बजेट प्रस्तुत गरे । ६ वटा महानगरपालिकाको कूल बजेट ३९ अर्ब ६६ करोड ९४ लाख पुगेको छ । अघिल्लो बर्षको तुलनामा यस पटकको बजेट ५.५६ प्रतिशत मात्रले बढेको छ । महानगर अनुसार बजेट वृद्धिको तुलनालाई लिने हो भने अघिल्लो बर्षको तुलनामा आगामी बर्ष काठमाडौँ महानगरको बजेट १६.०३ प्रतिशतले बढेको छ ।  त्यस्तै पोखराको बजेट ६.६९ प्रतिशत, विराटनगरको बजेट ७.१३ प्रतिशत, ललितपुरको बजेट ११.०५ प्रतिशत र भरतपुरको बजेट ०.९६ प्रतिशतले बढेको छ । ६ महानगरमध्ये बीरगंजको बजेट भने अघिल्लो बर्षको तुलनामा घटेको छ । बिरगंजको बजेट यो आर्थिक बर्ष १६.२२ प्रतिशतले घटेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!