गोरखामा ७ मेगावाटको चेपे ‘ए’जलविद्युत आयोजना बन्ने, २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य

Posted on: 16 Aug, 2019

साउन ३१, गोरखा । गोरखाको चेपे खोलामा ७ मेगावाटको ‘चेपे ए जलविद्युत आयोजना’ बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा गत फागुनमा विद्युत खरिद सम्झौतामा हस्ताक्षर भइसकेको छ । 

आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ । 

जल विद्युत् आयोजना लमजुङको दुधपोखरी र गोरखाको सिरानचोक गाउँपालिकामा बन्नेछ । आयोजनाको प्रारम्भिक वातावरण मूल््याङ्कन ९क्ष्भ्भ्० समेत स्वीकृत भइसकेको छ । 

प्रतिमेगावाट करीव रु १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो ।

 आयोजना सन् २०२२ सम्म सम्पन्न गर्ने निर्माण कम्पनी चम्पावती हाईड्रोपावरले लक्ष्य लिइएको छ । कम्पनीका अध्यक्ष डा.हरिराम पराजुलीका अनुसार प्राविधिक काम अगाडि बढेको छ । करीव क्यू–४१५ मा डिजाइन भएको चेपे ‘ए’आयोजना प्राविधिक रुपमा पनि राम्रो रहेको उनले बताए । 

प्राविधिक र आर्थिक दुबै रुपले चेपे ‘ए’आयोजना मोडल हाइड्रो पावरका रुपमा रहेको कम्पनीका एक डाइरेक्टर वरिष्ठ इन्जिनियर लक्ष्मण अर्यालले बताए । आयोजना सम्पन्न भएपछि उर्जामा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य पुरा गर्न सहयोग पुग्ने ई. अर्यालले बताए । 

उक्तआयोजनापावर हाउस तथा बाध वाध्ने स्थलमा बाह्रै महिना चल्ने सडक पुगि सकेको छ । उक्त आयोजनाको पावर हाउस गोरखाको पाण्डेवेशी तथा लमजुङ्गको वोराङ्गखोला ९वस चल्ने ठाँउ०बाट १ कि.मि. दूरीमा रहेको छ । सहज भौगोलिक तथा भौगर्भिक अवस्था र सडक सुविधाबाट नजिक रहेको आयोजना भएकोले निर्माण गर्न सजिलो हुने कुरा अर्का डाइरेक्टर वरिष्ठ इन्जिनियर रामेश्वर लामिछानले बताउछन् ।

चम्पावती हाईड्रोपावर कम्पनीप्रा.लि. को तर्फबाट डा.हरिराम पराजुली, टुक प्रसाद न्यौपान,े तिलकराज भट्टराई, श्यामथापा, रामेश्वर लामिछाने,लक्ष्मण अर्याल लगायतको उर्जा क्षेत्रमा लामो अनुभव भएका इन्जिनियरहरुको टिमले यो आयोजना निर्माण गर्न लागेको हो । यो आयोजना चेपे(कुएले खोलाको दोभानमा बाँध बाधेर चिल्ली खोला दोभानको सिरानचोक(२(साविकथालाजुङ्ग) कुभिन्डे भन्ने ठाँउमा पावर हाउस निर्माण हुन्छ । उक्तआयोजनावाट निस्कने विद्युत ५ कि.मी. टाढा रहेको चिप्पेटी सवस्टेशनमा लगेर जोडिनेछ । 

बैकल्पिक रुपमा आयोजनाहरुलाई मध्यनजर गर्दै राष्ट्रिय प्रशारण लाइन गोरखा जिल्लाको चेपेखोलामा बन्न लागेका विभिन्न हाइड्रोपावरका आयोजनाहरुलाई लक्षितगर्दै राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको छ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले गोरखा र लमजुङ जिल्लाका नदीखोलाबाट उत्पादनहुने विद्युतको सहज रुपमा प्रशारण गर्न सिरानचोक(१, केरावारीको कोदोम्वारीमा १३२ कि.मी. प्रसारण लाइन सव स्टेशन बनाएर ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष डा. पराजुलीले बताए । ग्रिड कम्पनीसँग छलफलमा छौ, छिटो टुंगो लगाएर चेपे तथा दरौदी लगायतका नदीका आयोजनाहरुबाट उत्पादनहुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने पहलभइरहेको छ’, उनले भने, ‘यसले प्रशारण चुहावटसमेत घटाउने छ । उक्त सवस्टेशनवन्ने वितिकै चेपे तथा दरौदीका माथिल्लो भागमा रहेका नदीहरुको सवै जलविद्युत आयोजनाहरु बनाउन सहज हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!