महाकाली अञ्चल अस्पतालले ल्यायो आत्याधुनिक एम्बुलेन्स सञ्चालनमा

Posted on: 08 Nov, 2019

भाष्कर के.सी. | कार्तिक २२, कञ्चनपुर | महाकाली अञ्चल अस्पतालले आत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । विहिबार कञ्चनपुर क्षेत्र नं. ३ (ख)का सभासद मानबहादुर सुनार, अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर), का.मु.प्रमुख जिल्ला अधिकारी सुशिल वैध, मे.सु हरी श्रेष्ठले विधिवध रुपमा उद्यघाटन गरी सञ्चालनमा ल्याउन लागेको हो । 

पहिले पहाडी जिल्लामा मात्रै भनेको थियो तर यहाँ स्थानिय जनताको आवश्यकता र आफुहरुले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न पहाडी जिल्लाबाट कटाएर आफुहरुले यहाँ ल्याएको सभासद सुनारले बताउनु भयो । यस क्षेत्रको विकासको लागि सबैले मिलेर हातेमालो गरे कुनै पनि कार्य असम्भव नरहेको उहाँले बताउनु भयो ।


त्यसैगरी पटक पटकको प्रयास पछि महाकाली अञ्चल अस्पतालमा अत्याधुनिक एम्बुलेन्स ल्याउन सफल भएको  साथै केही दिनमै डाक्टरहरु पनि आउन लागेको र त्यसका लागि कुरा चलिरहेको अध्यक्ष कृष्ण दत्त जोशीले बताउनु भयो । आफुहरु आईसियु सञ्चालनको लागि पनि लागिरहेको र छिट्टै महाकाली अञ्चल अस्पताल सुविधा सम्पन्न हुनुको साथै विरामीहरुले यही राम्रो उपचार पाउने बताउनु भयो त्यसका लागि सबैले इमान्दारीका साथ आ–आफनो जिम्मेवारी पुरागर्नु पर्नेमा जोड दिनु भयो । यही २४ गते सिक्वलससेल्सको पनि टेनिङ्ग हुने त्यस पश्चात सिक्वलसेल्सका विरामीको यही उपचार हुने कुरा पनि अध्यक्ष जोशीले जानकारी दिनु भयो । 


सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरेको आधुनिक एम्बुलेन्स सरकारले वितरण गरेको एम्बुलेन्स साधारणभन्दा फरक रहेकाले एम्बुलेन्स चालकलाई बिहीबारदेखि तालिमको लागि धनगढी पठाइएको छ । 

चालक र स्वास्थ्यकर्मीलाई तालिम दिएपछिमात्रै एम्बुलेन्स सञ्चालनमा आउने छ । एम्बुलेन्समा अक्सिजन सिलिण्डर, निबुलाइजर लगायतका उपकरण जडान रहेको छ । ‘बी’ प्रकारको आधुनिक एम्बुलेन्समा २२ प्रकारको औषधिसहित उपकरण जडान रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!