कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा मकवानपुर उद्योग वाणिज्य संघलाई स्वागत

Posted on: 21 Nov, 2019

भाष्कर के.सी. | मंसिर ५, कञ्चनपुर | मकवानपुर उद्योग वाणिज्य संघलाई कञ्चनपुर उद्योग वाणिज्य संघले भव्यताका साथ स्वागत गरेको छ । अध्ययन अवलोकन भ्रमणको लागि मकवानपुर बाट भारतको नैनिताल, पन्तनगर भम्रण गरेर फर्कने क्रममा विहीबार (आज) विहान कञ्चनपुर स्थिीत झोलुङ्गे पुलको अवलोकन पछि कञ्चनपुर उद्योग वाणिज्य संघले स्वागत कार्यक्रम गरेको छ । 


उद्योग वाणिज्य संघको तर्फ बाट का.वा.अध्यक्ष हेमराज जोशी लगायत पदाधीकारी, कर्मचारी, समाजसेवी उद्योगी, व्यापारीहरुले स्वागत गर्नु भएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले उद्योग वाणिज्य संघले आफ्नै आम्दानीको श्रोत बनाउनु पर्नेमा जोड दिनु भयो, यसको लागि आफुहरुले मकवानपुरमा अतिथी गृह निर्माण गर्न लागेको, जसले गर्दा आम्दानी पनि हुने र समाजसेवाको कार्य पनि हुने बताउनु भयो । कञ्चनपुर उद्योग वाणिज्य संघका कावा अध्यक्षले आफुहरु मकवानपुर र कञ्चनपुर उद्योग व्यावसायी विच व्यापारको लागि तयार रहेको बताउनु भयो । यहाँ उत्पादन हुने चिज लाई मकवानपुरले बजार दिनु पर्ने र मकवानपुरमा उत्पादन हुने त्यहाँका वस्तुलाई यहाँ बजार दिएर एक आपसमा सहयोगभाव का साथै व्यापार व्यवसायमा जोड दिनु पर्ने बताउनु भयो ।


यहाँका स्थानिय व्यापारी उद्योग व्यवसायीहरुले अरुणराज सुमार्गी केन्द्रिय सदस्यलाई अहिले व्यापारीहरु माथि अनाधीकृत रुपमा कर उठाउने, बैंकले आफु मनपरी व्याज लगाउने गरेकोले उद्योग, व्यवसायी, व्यापारीहरुको हकहितको लागि केन्द्रमा जोडदार माग राख्नको लागि माग गरेका छन् । उक्त कार्यक्रममा उद्योगी व्यवसायी माया भट्टले आफुले उत्पादन गरेको समानहरुको बारेमा बताउनुको साथै केही समानको प्रर्दशनी पनि गर्नु भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!