सुदूरपश्चिमका पहाडी जिल्लामा अवरुद्ध सञ्चार पुनःसञ्चालनमा

Posted on: 16 Dec, 2019

मंसिर ३०, डडेल्धुरा | केहिदिन यता हिमपातसँगै परेको चट्याङका कारण सुदूरपश्चिममा अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ। डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण  भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो |

अवरुद्ध सञ्चार सुचारु भएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ। कर्यालयका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क पुनःसञ्चालन आएको बताए। 

शुक्रबार साँझदेखि आइतबार दिनभरि टेलिफोनसँगै इन्टरनेट सेवा पूर्णरुपमा अवरुद्ध हुँदा यहाँका पहाडी जिल्लामा बैंकिङ कारोवार ठप्प भएको थियोे। हिमपातका कारण यहाँको जनजीवन भने प्रभावित नै बनेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!