बझाङमा तरकारी तथा फलफुल व्यापारबाट दैनिक ६ हजार आम्दानी

Posted on: 01 Jan, 2020

सम्राट सिंह | पुस १६, बझाङ  | जिल्लाको सदरमुकाम चैनपुरमा तरकारी तथा फलफुल व्यापार गरी एक महिलाले लाखौँको आम्दानी गरिरहेकी छन । जिल्लाको बुंङगल नगरपालिका ६ थान्काडा घर भएकी दुर्गा देवी देवारले  तरकारी तथा फलफुल व्यापार गरी बार्षिक लाखौको आम्दानी गरिरहेकी हुन । 


३६ हजार लगानी गरेर देवारले एक ठेला निर्माण गरी चैनपुर बजारमा रहेका सबै सडकहरुमा तरिकारी तथा फलफुल बिक्री गर्दै आएकी छन । आम्दानीको मुख्य स्रोत तरकारी तथा फलफुल व्यापार नै बनिरहेको उनले ३ छोराहरु,श्रीमान र आफ्नो जिविकोपार्जन पनि यसै व्यापारबाट गर्दै स्थानिय व्यापारी लोकेन्द्र विकले बताए । बिहान तरकारी तथा फलफुल व्यापार गर्न बजार हिँडेकी देवार साँझपख नै डेरामा फर्किने गरेको उनको भनाइ छ ।

उनले व्यापार बाटै १५ बर्षिय जेठा छोरा पुष्कर देवारलाई जालपा माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययन गराइरहेकी छन भने माइला छोरा केशव कक्षा ६ र कान्छा छोरा सुदिपलाई कक्षा  ३ मा बालमन्दिर निमाविमा अध्ययन गराउँदै आइरहेकी छन ।

देवारले बजार मुल्यभन्दा केहि सस्तोशुलभ तथा ताजा तरकारी तथा फलफुल सबैको घर आगनमा पु¥याउने गरेकी छन । कहिलेकाँहि श्रीमान गोपाल देवार र स्कुल बिदा भएको बेला छोराहरुले पनि तरकारी व्यापार गर्न सहयोग गर्ने गरेको दुर्गा देवारले बताइन् । उनले भनिन् व्यापारबाट दैनिक ६ हजार सम्मको आम्दानी हुने गरेको छ । उनले दैनिक व्यापारबाट आम्दानी भएको रकमले स्थानिय बजारबाट तरकारी र फलफुल खरिद गर्ने र फाइदा आएको रकम घरखर्च गर्ने गरेकी छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!