बझाङमा ठेकदारको मनपरी:पिच सडकमा स्काइभेटर चलाउँदा सडक नै उप्कियो,सरोकारवाला बेखबर

Posted on: 29 Jan, 2020

सम्राट सिंह | माघ १५, बझाङ | जयपृथ्वी राजमार्ग अन्तर्गत बागथला देखि भोपुर सम्म निर्माण गरिएको पिच सडकमा स्काइभेटर चलाउँदा दिन प्रतिदिन सडक उप्किदै गएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ५० करोडको लागतमा निर्माण गरिएको सडकमा स्काइभेटर चलाउँदा  पिच उप्किएपछि सडक काम नलाग्ने भएको हो ।

साना शहरी खानेपानी निर्माणको जिम्मा पाएको ग्वाल्लेक निर्माण सेवाले पिच सडकमा स्काइभेटर चलाएर चैनपुर देखि भोपुरको सम्मको पिच काम नलाग्ने भएको छ । यो त एउटा उदाहरण मात्र हो यसरी ठेकेदारले पिच सडकमा स्काइभेटर चलाउँदा बागथला देखि चैनपुर सम्मको पिच ठाउँ ठाउँमा उप्किएर काम नलाग्ने भएको छ । 

सडक निर्माणको जिम्मा बागथला देखी झोता सम्म लुम्बीनी र लोहनी निमार्ण सेवा, झोता देखि तमैल सम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी र तमैल देखी भोपुर सम्म लामा र गोल्डेन गुड निमार्ण कम्पनीले लिएका थिए ।पिच सडकमा स्काइभेटर चलाउँदा भण्डै ५ बर्ष अगाडि राज्यको ठूलो लगानीमा निर्माण गरिएको यस सडकको सिमखेत,भोपुर, रायलको देउरा, नारुगाड,कचालीखोला, मटेलाको बगडगांउ, तमेलको जालेबगर, लगायतका ठांउमा सडक उप्किसकेको छ । 

यसरी दिन दाहाडै मापदण्ड विपरित पिच सडकमा स्काइभेटर चलाउँदा सडक उप्किएको देख्दा समेत यसको नियन्त्रणमा सरोकारवालाहरु ध्यान जान सकेको छैन | जिल्लाको वागथला देखि भोपुर सम्मको पिच सडकमा ठेकेदारले अवैध रुपमा स्काइभेटर चलाउँदा सडकको पिच उप्किएर यातायातका साधनहरु चल्न नसक्ने अवस्था सिर्जना भएको समाजसेवी तथा शिक्षक हितराज जोशीले बताए । पिच सडकमा स्काइभेटर चलाउने जोसुकैलाई पनि काराबार्हिको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

सडक उप्किएर वर्खा र हिउंद याममा पानी परे पछि बाटो अवरुद्ध हुनु, औषधि र उपभोग्य सामानको अभाव हुने गरेको तथा उपचार गर्न जिल्ला बाहिर जान लागेका विरामी समयमै अस्पताल पुग्न नसकेर कतिपय बिरामीले ज्यान गुमाउनु परेको छ ।

पिच सडकमा स्काइभेटर चलाउँदा बिग्रएको सडकका कारण विभिन्न समस्या उत्पन्न हुने गरेको भए पनि पिच सडकमा चल्ने स्काइभेटर नियन्त्रण गर्न कसैले ध्यान नदिएको स्थानिय देवराज जोशीले बताए । पिच सडकमा स्काइभेटर चल्न नियन्त्रण गनुपर्ने ठाउँमा जिम्मेवार मान्छेहरु नै पिच सडकमा स्काइभेटर चलाउन सरिक देखिएको उनको भनाइ छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!