बैतडीमा १ लाख घुससहित निमित्त डिभिजन प्रमुख पक्राउ

Posted on: 19 Feb, 2020

फागुन ७, बैतडी | जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन। अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे उनलाई पक्राउ गरेको हो |

चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कन्चनपुर कार्यालयका सुचना अधिकारी टोपबहादु विष्टले जानकारी दिए |

उनलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने विष्टले बताए। सुचना अधिकारी विष्ट भन्छन, ’ चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिसँग सुरेशप्रसाद भट्टले २ लाखमा बार्गेनिङ गरेका रहेछन्। अहिले १ लाख बुझाउँदै गर्दा उनी समातिएका हुन्।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!