डोटीमा असिनाले हिउँदेबालीमा नोक्सान पुर्याएपछि किसान चिन्तित

Posted on: 01 Mar, 2020

फागुन १८, डोटी | डोटीको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ |

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत  टेकबहादुर खड्काले भने “साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पा¥यो।” सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पु¥यायो भन्ने आँकलन नभएको जानकारी दिए |

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन्। जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पु¥याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए। उनले भने, “असिनाले किसानलाई निकै समस्या पा¥यो।” 

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पु¥याएपछि निरास भएका छन्।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पु¥याएको छ जानकारी लिने काम भइरहेको बताए |–रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!