चौरजहारी नगरपालिकाद्धारा ५ सय बढि विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण

Posted on: 04 Apr, 2020

ज्ञानु गौतम | चैत २२, रुकुम | रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले दैनिक मजदुरी गर्ने करिब ५ सय बढि विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका,अपाङ्ग परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरिएको हो । 

लकडाउनको समयावधिलाई मध्यनजर गर्दै नगरपालिका भित्रका १ देखि १४ वडाका करिब ५१२ बिपन्न घरवरिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो । परिवार सङ्ख्याको आधारमा चामल, दाल, नुन, तेल,चिनि, चिया पत्ति,साबुन वितरण गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो  । लकडाउनको अवधीभर पुग्ने गरी चौरजहारी नगरपालिका भित्रका सबै वडाका विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने नगर प्रमुख शर्माको भनाई छ । लकडाउनको कारण समस्यामा परेका अतिविपन्न, ज्यालादारीमा काम गर्ने मजदुर, असहाय, एकल महिलाहरुलाई वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा नगरपालिकाले खाद्यान्न वितरण हो । 

वडाबाट आएका सङ्ख्यालाई नगर स्तरीय आपूर्ति व्यवस्थापन समितिले छनोट गरि खाद्यान्न वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीले जानकारी दिनुभयो । केहि छुटेकाको विवरण तयार हुदै छ त्यो विवरण आइसकेपछि  पनि खाद्यान्न विरण गर्ने अधिकृत के.सीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!