जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

Posted on: 22 May, 2020

जेठ ९, जुम्ला | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग  विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो ।

अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । अस्पतालमा आकस्मिक, बहिरङ्ग  र शल्यक्रिया सेवा उपलब्ध छ । प्रतिष्ठानका कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागिसमेत सो सेवा प्रभावकारी हुने उहाँको भनाइ छ । हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पूजनकुमार रोकायाले बिहान ८ देखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिइने जानकारी दिनुभयो  ।

प्रतिष्ठानका अनुसार मेडिसन विशेषज्ञ डा धीरज गुरुङ  बिहान ११ देखि ४ बजेसम्म, बालरोग विशेषज्ञ डा  निराजना कास्े बिहान १० देखि १२ बजेसम्म र  स्त्री तथा प्रसूति रोगविशेषज्ञ डा राजीव साहले बिहान १० देखि १२ बजेसम्म सेवा दिनुहुनेछ । शल्यक्रिया विशेषज्ञ डा सूर्यमान लिम्बू र इमेरजेन्सी हटलाइनका लागि डा सिद्धार्थध्वज खातीले भने २४ सै घण्टा सेवा दिने अस्पतालले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!