नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

Posted on: 07 Aug, 2020

साउन २३, मुग्लिन । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११  बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।   

पहिरो हटाई आज बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिनुभयो । थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र  पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो । रासस 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!