नबिल बैंकको नाफा १५.८३ प्रतिशतले घट्यो, वितरण योग्य नाफामा भारी गिरावट

Posted on: 13 Aug, 2020

साउन २९, काठमाडौं । नविल बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरणमा गत वर्षकोभन्दा १५.८३ प्रतिशत (६७ करोड रुपैयाँ)  नाफा घटेको हो । बैंकले ३ अर्ब ५६ करोड रुपैयाँमा कमाउन सफल भएको  छ । अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब २३ करोड रुपैयाँ थियो ।

बैंकको वितरण योग्य नाफा ६९ करोड रुपैयाँले १८.४९ प्रतिशतले गिरावट आएको छ । आब २०७५।७६ मा ३ अर्ब ७३ करोड रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको बैंकले गत आवमा भने जम्मा ३ अर्ब ४ करोड मात्रै  कमाउन सफल भएको छ । 

नविलको स्प्रेड दर ३.७३ प्रतिशत रहेको छ । त्यस्तै  आधार ब्याजदर ७.३२ प्रतिशत छ । कस्ट अफ फण्ड ५।४९ प्रतिशत रहेको बैंकको सीडी रेसियो ६८।०८ प्रतिशत छ । नविलको प्रति सेयर आम्दानी ३७.२४ रुपैयाँ रहेको छ । 

बैंकले गत आवमा एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यो अवधीमा १६ अर्ब ४९ करोड ब्याज आम्दानी गरेर ९ अर्ब ४७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ७ अर्ब २ करोड कायम गराउन सफल भएको देखिन्छ । १० अर्ब ९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब  ६६ करोड रुपैयाँ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!