सुनचाँदीको भाउ घट्यो, आजको मूल्य कति ?

Posted on: 16 Aug, 2020

साउन ३२, काठमाडौं । सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रूपैयाँ निर्धारण गरेको जनाएको छ।

आइतबारको मूल्य शुक्रबारको मूल्यका तुलनामा २०० रूपैयाँ मात्रै घटेको हो । शुक्रबार तोलाको ९८ हजार ६००, बिहीबार ९७ हजार ८०० र बुधबार ९५ हजार ४ सय थियो। गत साताको पहिलो दिन आइतबार तोलाको १ लाख २ हजार ६०० सम्म पुगेको थियो।  

बिहीबार र शुक्रबार उकालो लागेको चाँदीको भाउ आज भने तोलामा ३० रूपैयाँ घटेको छ । आइतबार चाँदी तोलाको १ हजार ३ सय २५ रूपैयाँ रहेको छ । गत शुक्रबार ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ थियो। यसअघि गत बिहीबार १ हजार २ सय ९५ रुपैयाँ थियो। 

साउन १ गते तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!