काठमाण्डौ उपत्यकामा खाद्यवस्तु र डेरी पसल खोल्ने निश्चित समय तोकियो (सूचना सहित)

Posted on: 23 Aug, 2020

भदौ ७, काठमाडौँ | काठमाडौँ उपत्यकाका निषेधाज्ञाको समयमा खाद्यवस्तु तथा दुध डेरीका पसल खोल्ने समय तोकिएको छ । तोकिएको समय अनुसार खाद्यवस्तु तथा दुध डेरीका पसल बिहान सवा नौ बजेसम्म खोल्न पाइने भएको छ । 

यसअघि सात बजेसम्म मात्रै पसल खोल्न पाइने नियम परिवर्तन गर्दै तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म खोल्न पाइने निर्णय लिएको हो । 

दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन, निर्वाध रुपमा खोल्न पाइनेछ । 

सूचनामा 'अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने' लेखिएको छ । त्यस्तै, 'अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरू बिहान ९ : १५ बजेसम्म खोल्न सकिने,' सूचना जारी गरिएको छ ।

उपत्यकामा सङ्क्रमण बढेपछि गएको भदौ ३ गते राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी भएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!