डलरको भाउ घट्यो, अन्य देशको मुद्राको भाउ कति ?

Posted on: 28 Aug, 2020

भदौ १२, काठमाडौं । अमेरिकी डलरको भाउ घट्न थालेको छ। लामो समय १२० रुपैयाँ हाराहारी रहेको डलरको भाउ शुक्रबारसम्म ११८ रुपैयाँ ४० पैसामा झरिसकेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार (भदौ ११) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रीदर ११८ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ १७ पैसा र बिक्रीदर १३९रुपैयाँ ८८ पैसा, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


यस बिषयमा तपाइको प्रतिक्रिया...!