आइतबारको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

Posted on: 30 Aug, 2020

भदौ १४, काठमाडौं । अमेरिकी डलरको भाउ घट्न थालेको छ। नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८० पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४०रुपैयाँ १८ पैसा र पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ९० पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार एकको खरिददर ३१० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३१२ रुपैयाँ २७ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः



यस बिषयमा तपाइको प्रतिक्रिया...!