लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड : कसले कति पाए हेर्नुहोस्

Posted on: 31 Aug, 2020

भदौ १५, काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म सेयर पाएका छन् ।

९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० र ४८ हजार २२१ जनाले ३० कित्ता सेयर पाएका छन् । बाँडफाँडमा गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्तासमेत गरी ४० कित्ता सेयर पाएका हुन् ।


बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार १० देखि ३० कित्ता सेयरको लागि आवेदन दिने सबैले माग अनुसार नै पाएका छन् । क्यापिटलका अनुसार अधिकतम ४० कित्तासम्म पनि सेयर पाएका छन् ।

आइपीओमा १ लाख ८८ हजार ३७३ जनाले आवेदन कर्ताले दिएको आवेदनमा न्यूनतम १० देखि ४० कित्तासम्म सेयर पाएको क्यापिटलले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । आइपीओमा १ लाख ८८ हजार ४९९ जनाले आवेदन दिएका थिए ।

लिवर्टी इनर्जी कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!