विदेशी मुद्राको आजको दररेट कति छ ? हेर्नुहोस्

Posted on: 03 Sep, 2020

भदौ १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८रुपैयाँ ९३ पैसा र पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।

 त्यस्तै बहराइन दिनार एकको खरिददर ३०९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१० रुपैयाँ ७४ पैसा रहेको छ । कुवेत दिनार एकको खरिददर ३८१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४६ पैसा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!