आज ७ अन्तराष्ट्रिय उडान, भोली पनि ७ उडानको अनुमति (सूचीसहित)

Posted on: 03 Sep, 2020

भदौ १८, काठमाडौँ | आज अन्तराष्ट्रिय उडान तर्फ ७ उडान भएका छन् । आज हिमालय एयरलाइन्सका तीन उडान, रोएल एयरफोर्स, टर्किस एयरलाइन्स, नेपाल एयरलाइन्स र श्रीलंका एयरलाइन्सका १/१ उडान भएका छन् । 

त्यस्तै आज आन्तरिक तर्फ तीन उडान भएका छन् । आज समिट एयरका दुई उडान र एयर डाइनेस्टिका उडान भएका छन् । 

यसैबीच भोली बिभिन्न ७ उडान हुने छन् । भोली हिमालय एयरलाइन्स मलेसियादेखि आउंदैछ । त्यस्तै भोलीनै कतारको दोहाबाट हिमालय एयरलाइन्स आउंदैछ । त्यस्तै भोलिनै हङकङबाट नेपाल एयरलाइन्सको उडान काठमाडौँ आउंदैछ । 

भोली हिमालय एयरलाइन्सले युएईको आवुधावी उडान भर्दैछ । त्यस्तै कतार एयरवेज, कोरियन एयरलाइन्स र फ्लाई दुबईका उडानहरु काठमाडौँ आएर भोलीनै फर्कनेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!