शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 04 Sep, 2020

भदौ १९, काठमाडौं । शुक्रबार सुनको भाउमा झिनो गिरावट आएको छ । बिहीबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको भाउ पनि तोलामा आज ३५ रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा आईपुगेको छ ।

आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!