नेपाल वायुसेवा निगमद्वारा चार गन्तव्यको नियमित भाडादर सार्वजनिक, हेर्नुहोस् सूचीसहित

Posted on: 04 Sep, 2020

भदौ १९, काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न चार गन्तब्यको नियमित उडान भाडादर सार्वजनिक गरको छ । बुधबार एक सूचना प्रकाशन गर्दै निगमले काठमाडौँ–मलेसिया, काठमाडौँ–दुबई, काठमाडौँ–नारीता र काठमाडौँ–हङ्कङ् उडानको 'क्लास' अनुसार भाडादर सार्वजनिक गरेको हो । 

६ महिना पछि खुल्ला भएको नियमित उडानमा एयरलाइन्स अनुसार भिन्दा भिन्दै उडान भाडादर भएको भन्दै निगमले क्लासका आधारमा भाडालाई वर्गाीकरण गरेको जनाएको छ । नेपालमा उडान गर्ने हिमालय एयरलाइन्स तथा अन्य विदेशी एयरलाइन्सले निगमको भन्दा बढी भाडा लिन नपाउने गरी भाडादर निर्धारण गरिएको हो । 

कहाँको कति ?

निगमले काठमाडौँ–मलेसिया वाइ क्लासका लागि मेलिसियन रकम (रिँगेट) २००३, एम क्लासको १८०३, एन क्लासको १६२८ र ओ क्लासको १४५८ तोकेको छ । यसैगरी काठमाडौँ–दुबईका लागि वाइ क्लासमा २१२० दिराम, एम क्लासमा १८२०, एन क्लासमा १७२० र ओ क्लासका लागि १४४० दिराम तोकोको छ ।

काठमाडौँ–नारीतामा वाइ क्लासका लागि जापानिज यन ७६३०० र काठमाडौँ– हङ्कङ् वाइ क्लासका लागि हङकङ् डलर ४१९८ तोकेको छ । निगमले तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश गरिएको भन्दै निर्धारित भाडादर भन्दा बढी रकम टिकट खरिद नगर्न आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!