नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

Posted on: 11 Sep, 2020

भदौ २६, मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।  

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!