सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटायो

Posted on: 13 Sep, 2020

भदौ २८, काठमाडौँ | सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुनेछ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!