सुनको मुल्य ह्वात्तै घट्यो

Posted on: 22 Sep, 2020

असोज ६, काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ पुगेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!