सुनको भाउ तोलामै १२ सय घट्यो

Posted on: 23 Sep, 2020

असोज ७, काठमाडौं । सुनको मूल्य घट्ने थालेको छ । मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि तोलामा १२ सय रुपैंयाले घटेको छ । मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय तोकिएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!