चन्द्रागिरि हिल्सको विशेष अफर, केवलकारमा ५० प्रतिशत छुट

Posted on: 24 Sep, 2020

असोज ८, काठमाडौं । चन्द्रागिरि हिल्सले दसैतिहारको अवसर पारेर विशेष अफर ल्याएको छ।

कम्पनीले चन्द्रागिरि केवलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिर्सोटमा ६५ सय रुपैयाँमा एक जोडीलाई ब्रेकफास्ट र डिलक्स रुमसहितको प्याकेज ल्याएको छ । यो अफर बुधबारदेखि कार्यान्वयनमा आउनेछ भने मंसिर १५ गतेसम्म लागु हुनेछ। सरकारले निषेधाज्ञा खुला गरेपछि चन्द्रागिरि केवलकार संचालनमा आइसकेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!