सुनचाँदीको भाउ बढ्यो

Posted on: 30 Sep, 2020

असोज १४, काठमाडौं । बुधबार पनि सुनको मुल्यमा वृद्धि भएको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य बुधबार ९४ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार २ सय रहेको छ । हिजो तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा ११ सय ९० रुपैयाँ कारोबार भैरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!