सामाजिक सुरक्षा कोषका ४ कर्मचारीमा कोरोना संक्रमण

Posted on: 01 Oct, 2020

असोज १५, काठमाडौँ । सामाजिक सुरक्षा कोषका ४ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोषमा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कोषका सूचना अधिकारी विवेक पन्थीले साझा सवाललाई जानकारी दिए ।

कोषका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ सूचना अधिकारी पन्थीले भने' उहाँहरु घरमै हुनुहुन्छ, कार्यालय आउनुभएको छैन, कोषका अन्य कर्मचारीको पनि कोरोना परीक्षण शुरु गरिएको छ ।' परीक्षण गरिएका अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।  ४ कर्मचारीमा कोरोना देखिएपनि कार्यालयको सेवा बन्द सुचारु नै रहेको उनले बताए ।   

बुधबार मात्रै वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको थियो । 

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । असोज एक गतेसम्म कुल ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!